सूक्ष्म अनुसन्धान अघि बढाए औँलामा गन्नेबाहेकका सबै नेता जेल पुग्ने रविको दाबी

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले नक्कली भुटानी शरणार्थी, ललितानिवास र सुन काण्डलाई सूक्ष्म रूपमा अनुसन्धान अघि बढाए औँलामा गन्न सकिने नेता मात्र बाँकी रहने बताएका छन्।

पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार आयोजित क्षेत्रीय भेलामा लामिछानेले सरकारले आँट गरेर निडर भएर छानविन अगाडि बढाए औँलामा गन्ने बाहेकका सबै नेता जेलमा पुग्ने दाबी गरे। काण्डका फाइल खुल्नासाथ नेताहरु विदेश पलायन हुनेक्रम सुरु भएको बताए। प्रदेश संरचना नेताहरुलाई भाग पुर्‍याउने र रिझाउने ठाउँ रहेकोले प्रदेशको बारेमा गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

पार्टीप्रति आएका सबै अभिब्यक्ति र धारणाको बारेमा आफू जानकार रहेको बताउँदै लामिछानेले भने, ‘हाम्रो पार्टीलाई आलोचित बनाउन विभिन्न अभिब्यक्ति र धारणा आएका छन् तर हामी यसको जवाफ फर्काउने पक्षमा छैनौं’ ,उनले थपे, ‘हामी पुराना पार्टी जस्तै एक अर्कामा आरोप-प्रत्यारोप गर्ने नभई परिणाम दिने गरी काम गर्छौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर