सिम्रिक एअरले ४३ लाख रुपैयाँ बक्यौता बुझायो

काठमाडौं । शक्तिको आडमा लाखौ बक्यौता नै नतिरी सिम्रिक एअरले उडान भारिरहेकोमा नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नै रोक लगाएपछि शुक्रबार ४३ लाख रुपैयाँ बक्यौता बुझाएको छ । पटक पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेको र आर्थिक संकटमा परेको भन्दै प्राधिकरणले शुक्रबारदेखि अनिश्चितकालका लागि सिम्रिकको उडान रोकेको थियो ।

उडानमा रोक लगाएपछि सिम्रिकले आर्थिक वर्ष २०७९–०८० को ४३ लाख बक्यौता शुक्रबार बुझाएको प्राधिकरणले जनाएको छ । रोकेको उडान खुलाउने विषयमा भने थप निर्णय आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । स्मरण रहोस सिम्रिक एअरका सञ्चालक क्याप्टेन रामेश्वर थापा पत्रकारसमेत हुन् । उनीमाथि अग्नि एअरलाई लिजमा लिएर कुनै पनि बक्यौता नतिरी विमान कम्पनी नै हडपेको आरोप लागेको जसको अहिलेसम्म विवाद समाप्त नभएको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर