छुटे रोहन अडुकिया

काठमाडौं सुन तस्करी प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ परेका व्यवसायी रोहन अडुकिया रिहा भएका छन्। शुक्रबार उनलाई दिल्लीबाट काठमाडौं आउँदै गर्दा अध्यागमनले नियन्त्रणमा लिएको थियो। उनी शनिबार बिहान ११ बजेतिर छुटेका हुन्। राजश्व अनुसन्धान विभागको सिफारिसमा अडुकियालाई एक सय किलो सुन तस्करी प्रकरणमा कालोसूचीमा राखिएको थियो।

अध्यागमनले नियन्त्रणमा लिएपछि शुक्रबार नै आन्तरिक राजश्व विभागलाई बुझ्नका लागि पत्राचार गरेको थियो। तर विभागले भने यो प्रकरणको सबै अनुसन्धान सीआईबीले गरिरहेको भन्दै बुझ्न मानेन। साँझ राजश्व अनुसन्धान विभागले सीआईबीलाई बुझाउन खोज्दा सीआईबीले यो प्रकरणमा उनको संलग्नता पुष्टि हुने आधार नभएको भन्दै बुझ्न मानेन। उनलाई अध्यागमनले बोलाएको बेला हाजिर हुने शर्तमा छाडिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर