भारतमा सडक दुर्घटना हुँदा ६ जना प्रहरीको मृत्यु

काठमाडौं । भारतको हिमाञ्चलमा भएको सडक दुर्घटनामा कम्तीमा ६ जना प्रहरीको ज्यान गएको छ । हिमाञ्चलको चम्बा जिल्लामा प्रहरी गस्तीका बेला दुर्घटना भएको हो । ठूलो ढुङ्गाले लागेर प्रहरी चढेको गाडी अनियन्त्रित भएपछि गहिरो खाल्डोमा खसेको थियो । दुर्घटनामा तीन जना प्रहरी घाइते भएका प्रहरीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

यसैबीच, भारतको उत्तरी राज्य उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टी ९भाजपा० का एक स्थानीय नेताको गोली हानी हत्या गरिएको छ । लखनउबाट झण्डै ३ सय ५५ किलोमिटर उत्तरपश्चिममा पर्ने मुरादाबाद जिल्लामा रहेको आफ्नो घर बाहिर हिँडिरहेका ३४ वर्षीय अनुज चौधरीलाई मोटरसाइकलमा आएका तीन जनाले गोली हानेका प्रहरीले जनाएको छ । घाइते चौधरीलाई तत्काल स्थानीय अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर