सेना बोकेको बसमा आक्रमण गर्दा २० जनाको मृत्यु

काठमाडौं । सिरियामा बन्दुकधारीको एक समुहले देशको पूर्वी भागमा सिरियाली सेना बोकेको बसमा आक्रमण गर्दा २० जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुनसार घटनामा अन्य थुप्रै घाइते भएका छन् । आक्रमण इस्लामिक स्टेट (आइएस) समूहका सदस्यहरूले गराएको बताइएको छ ।

सिरियाका केही भागहरूमा आइएस स्लीपर सेलहरू २०१९ मा नै पराजित भएपनि अझै घातक आक्रमणहरू गरिरहेका छन् । बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले इराकसँग सीमा जोडिएको देर अल जोर प्रान्तको पूर्वी शहर मायादिन नजिकैको मरुभूमि सडकमा आक्रमण भएको जनाएको छ ।

तर, आक्रमण बारे सिरियाली सेना वा सरकारबाट कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर