मेस्सी चम्किदा मियामी सेमिफाइनलमा

काठमाडौं । लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज शनिवार विहान भएको खेलमा मियामीले चार्लोट एफसीलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

मियामीको जितमा मेस्सी, रोबर्ट टेलर, जोसेफ मार्टिनेजले समान १/१ गोल गर्दा माल्डानाले १ गोल आत्मघाती गरेको थिए ।

यसै सिजन युरोप छाडेर एमएलएसमा अनुबन्ध भएका मेस्सीले लगातार ५ खेलसम्म गोल गरेका छन् ।

मेस्सीले मियामीका लागी ५ खेलमा ८ गोल र १ असिस्ट समत गरेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर