सिटीको शानदार सुरुआत हालाण्डले दुई र रोड्रीले एक गोल गरे

काठमाडौं । प्रिमियर लिग फुटबलको नयाँ सिजनमा म्यानचेस्टर सिटीले शानदार सुरुआत गरेको छ ।

शुक्रबार भएको खेलमा सिटीले बर्नलीलाई ३–० गोल अन्तरले हराएको हो ।

सिटीको जितमा इर्लिङ हालाण्डले दुई र रोड्रीले एक गोल गरे ।

सुरुआती अग्रता सिटीले चौथो मिनेटमा हालाण्डको गोलमा लिएको थियो । हालाण्डले ३६ औं मिनेटमा सिटीको अग्रता दोब्बर बनाए । खेल सकिन पाँच मिनेट अघि रोड्रीले सिटीका लागि तेस्रो गोल थपेका थिए ।

प्रिमियर लिगको साविक विजेता सिटीले शानदार जित सहित सिजनको सूरुआत गरेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर