सिजन सुरु हुनुअघिनै रियल मड्रिडलाई गम्भिर झट्का
काठमाडौं । रियल मड्रिडका गोलकिपर थिबाउट कोर्टोइसले गम्भिर चोट बोेकेका छन् । उनको बायाँ घुडाँको क्रुसियट लिगामेन्ट टुटेको छ ।
जसका कारण उनले सिजनको अधिकांश समय गुमाउने सम्भावना छ ।
केही समयपछि उनको शल्यक्रिया गरिने बताईएको छ । कोर्टोइस विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डी ओरको उत्कृष्ट गोलकिपर विधाको मनोनयनमा छन् ।
सन् २०१८ मा रियल मड्रिडमा आबद्ध भएपछि उनले दुई पटक स्पेनिस लिग जितेका छन् ।
कोर्टोइसको चोटले सिजन सुरु हुनुअघिनै रियल मड्रिडलाई गम्भिर झट्का लागेको छ ।
उनले रियलका लागि २ सय ३० खेलमा प्रतिनिधित्व गरेका छन् । उनले आगामी शनिबार एट्लेटिको बिल्बाओसँग खेल्दै लिगको सुरुवात गर्ने तालिका रहेको थियो ।
उनी सन् २०१८ मा रियल आउनुअघि चेल्सीबाट दुई प्रिमियर लिग जितेका थिए । उनले सन् २०२२ मा च्याम्पियन्स लिगको उपाधि समेत हात पारे । एजेन्सी