केन बेच्न टोटेनहम हर्ट्सपर सहमत

काठमाडौं । फरवार्ड ह्यारी केन बेच्न टोटेनहम हर्ट्सपर सहमत भएको छ । बार्यन म्युनिख र टोटेनहमले इङ्लिस फरवार्डको मुल्यमा सहमती जुटाएका छन् ।

३० वर्षिय इङ्ल्याण्डका फरवार्डको अर्को वर्ष टोटेनहमसँग सम्झौता सकिदैछ । उनले टोटेनहम छोड्ने चाहेका छन् । दुवै क्लबले सय मिलियन बढी मुल्य हुने गरि केनको सरुवालाई टुङ्गो लगाएका छन् ।

टोटेनहमका सर्वकालिन सर्वाधिक गोलकर्ता रहेका केनले ४ सय ३५ खेलमा २ सय ८० गोल गरेका छन् । केन म्यानचेस्टर युनाईटेडसँग समेत जोडिएका थिए । तर बायर्नले उनलाई मुख्य लक्ष्य सहित अनुबन्धनको कोशिश गरिरहेको थियो ।

यसअघि बायर्नले धेरै प्रयास केनका लागि गरेको थियो । टोटेनहमले ती सबै प्रस्तावलाई अस्विकार गर्दै आएको थियो ।

धेरै सिजन अघिदेखि केनको लण्डन बसाई अनिश्चित थियो । प्रिमियर लिगकै धेरै क्लब केनलाई अनुबन्धन गर्न चाहेका थिए । तर उनलाई कहिल्यैपनि टोटेनहमले छाडेन । अर्को वर्ष बजारमा निशुल्क उपलब्ध हुने भएपछि टोटेनहमले अन्तिममा केनलाई बेच्न सहमत बनेको हो । टोटेनहमका एकेडेमीका खेलाडी केनलाई प्रि सिजनमा समेत क्लबले राखेको थियो ।

केनले प्रिमियर लिगमा तीन पटक गोल्डेन बुट जितेका छन् । उनले सन् २०१२ मा प्रिमियर लिगमा डेब्यु गरेका थिए ।

केनले प्रिमियर लिगका ३ सय २० खेलमा २ सय १३ गोल गरे । इङ्ल्याण्डका सर्वाधिक गोलकर्ताले ५८ अन्तराष्ट्रिय म्याच खेलेका छन् । तर उनले क्लब र देशका लागि कुनै ठुला उपाधि जित्न सकेका छैनन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर