रास्वपाको छलाङ : अवरुद्ध प्रतिनिधिसभा बैठकको सेवासुविधा नलिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले राजनीतिका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भएको दिन र समयको सेवासुविधा नलिने घोषणा गरेका छन् ।

रास्वपा सभापति रवि लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेलाई भेटेर राजनीतिक द्वन्द्वका कारण अवरुद्ध प्रतिनिधिसभाको बैठक चलेको समयमा कानुनबमोजिम पाउने कुनै पनि सेवासुविधा नलिने जानकारी दिए । साथै सांसद लामिछानेले संसदको अधिवेशन नियमित गर्न आवश्यक पहल लिन आग्रह गरे ।

‘प्रतिनिधिसभाको बैठकसम्बन्धी हालसम्म हामीले लिए वा पाएको भए त्यस सेवासुविधा मिलान गरिदिने व्यवस्थाका लागि हार्दिक अनुरोध गर्दछु,’ सभामुखसँग भेटका क्रममा सांसद लामिछानेले भनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर