प्रतिनिधिसभाको आजको बैठक पनि अवरोधका बीच स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आज शुक्रबारको बैठक पनि अवरोधका बीच स्थगित भएको छ । बैठकको कारवाही प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहज्ञले बोल्ने समय मागेका थिए । सभामुख देवराज घिमिरेले एमालेकी ज्वालाकुमारी साहलाइृ बोल्ने अनुमति दिएलगत्तै सत्तापक्षका सांसहरूले उठेर सदन विपक्षीको मात्रै कुरा सुनेर अगाडि बढ्न नसक्ने बताए ।

त्यसपछि सत्तापक्षका सांसदहरूलाई जवाफ दिँदै सभामुख घिमिले भने, “माननीय सदस्यहरु आलोपालो मैले नियन्त्रण गरेको हुनपर्ने छ । मेरो कुराको आधारबाट यो सभा सञ्चालन गर्नु पर्नेछ । ‘नियमको पालना गरौं । मैले समय प्रतिपक्ष दलको माननीयलाई समय दिएको छु ।’ सभामुखको भनाइ थियो, “सभा सभामुखको नियन्त्रणमा चल्छ ।”

बैठकमा होहल्लाकाबीच सांसद साहले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताइन्। त्यसपछि एमालेका सांसदहरूले नारा लगाएका थिए । संसदमा अवरोध भएपछि सभामुख घिमिरेले कार्यसूचीमा भएका सबै विषय हटाएर अर्को बैठक साउन २९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर