“माननीय सदस्यज्यूहरू उठीउठी हाउस चलाउने हो ?”

काठमाडौं । राष्ट्रियसभाको आज शुक्रबारको बैठक पनि नेकपा एमालेको अवरोधका कारण स्थगित भएको छ । आज अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठको कार्यवाही प्रारम्भ गरेलगत्तै एमालेका सांसदहरू आ–आफ्नो स्थानमा उभेर विरोध जनाएका थिए । यत्तिकैमा अध्यक्षले एमालेका भैरवसुन्दर श्रेष्ठलाई बोल्ने समय दिएका थिए तर बीचैमा सत्तापक्षका सासदंहरू पनि उठेर विरोध गर्दै बोल्ने समय माग गरिरहेको थिए । करिब १० मिनेटको अवरोधपछि अध्यक्ष तिमिल्सिनाले राष्ट्रिसभाको बैठक साउन ३१ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरे ।
अध्यक्ष तिमिल्सिनाले १० मिनेटको अवरोधको अवधिमा ‘सत्तापक्षका सांसदहरुको सद्भाव रहेछ, उहाँहरु (प्रतिपक्ष) उठेपछि उहाँहरु (सत्तापक्ष) पनि उठ्नु भएको छ माननीय सदस्यज्यूहरू उठीउठी हाउस चलाउने हो ?’भनेर ब्यङग्य पनि गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर