सुन तस्करी प्रकरण : थप दुई चिनियाँ पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा पछिल्लो समयमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले खोजीमा रहेका दुई चिनियाँलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार बिहान पौने ८ बजे उनीहरूलाई पक्राउ गरिएको सिआइबीसम्बद्ध एक अधिकारीले बताए । सिआइबी टोलीले चिनियाँ ली ग्यालिन र लिओ फुयानलाई संदिग्ध मान्दै पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई काठमाडौंमा विगत केही दिनदेखि खोजिरहेको थियो । हिमालय एअरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गर्ने क्रममा उनीहरू प्रहरीको फन्दामा परेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर