यज्ञमती र चखुँचाखोलालाई पुरानो रूप दिन आज डोजर चलाइने

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीबीच उक्त दुई नगरपालिका भएर बग्ने यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउन सहमति भएको छ । दुई प्रमुखबीच हिजो बिहीबार भएको छलफलमा अतिक्रमित चखुँचाखोला र यज्ञमती खोलालाई पुरानै ढाँचामा खोल्ने सहमति भएको हो ।

महानगरपालिकाले धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न सुरु गर्दैछ । महानगरको प्रहरी टोली हिजो पुरिएको खोला खोल्न गए पनि स्थानीय बासिन्दाको अवरोधका कारण काम अघि बढ्न सकेको थिएन । आज मध्याह्नतिर चखुँचाखोला खोल्ने महानगरको तयारी छ ।

महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले यज्ञमती र चखुँचाखोला अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउने जानकारी दिए । उनले बर्सेनि हुने बाढीको समस्या समाधान गर्न जनप्रतिनिधि जिम्मेवार हुनुपर्नेमा जोड दिए । (तस्बिरः प्रतीकात्मक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर