४७ वर्षपछि रुसले चन्द्रमामा रकेट पठायो

काठमाडौं । रुसले ४७ वर्षपछि चन्द्रमामा रकेट पठाएको छ । रुसले आज शुक्रबार बिहान लुना–२५ रकेट चन्द्रमातर्फ प्रक्षेपण गरेको हो । बोस्तोनी कस्मोड्रोमबाट रकेट प्रक्षेपण गरिएको र यो रकेटले पाँच दिनसम्म सीधा उडान भर्ने अल जजिरा समाचार संस्थाले जनाएको छ । पाँच दिनमा चन्द्रमाको कक्षमा पुग्ने उक्त रकेट त्यसपछि ७ देखि १० दिन चन्द्रमाको आसपासमा चक्कर लगाउनेछ ।

अगष्ट २२ तारिखभित्र लुना–२५ चन्द्रमाको सतहमा अवतरण गर्ने अनुमान छ । भारतले एक महिनाअघि पठाएको चन्द्रयान–३ भन्दा रुसी रकेट छिटो चन्द्रमाको सतहमा अवतरण गर्नसक्ने अनुमान छ । भारतले पठाएको चन्द्रयान–३ अगष्ट २३ मा चन्द्रमाको दक्षिणी भागमा अवतरण गराउने योजना छ । रुसले सन् १९७६ पछि युरोपेली अन्तरिक्ष एजेन्सीको सहयोगविना नै यो प्रक्षेपण गरेको हो । रुसी अन्तरिक्ष एजेन्सी रोसकोसमोसले प्रत्यक्ष तस्बिर सार्वजनिक गरेको छ । युक्रेनमा आक्रमण गरेपछि रुसमाथिको प्रतिबन्धले उसको अन्तरिक्ष कार्यक्रमलाई समेत असर पुगेको थियो । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर