सिम्रिक एअरका सबै हेलिकप्टर उडानमा रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एअरका सबै हेलिकप्टर उडानमा रोक लगाएको छ । प्राधिकरणले शुक्रबारदेखि नै सिम्रिकका हेलिकप्टर उडानमा रोक लगाएको हो ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सिम्रिक एअरका सबै हेलिकप्टर उडानमा रोक लगाइएको जानकारी दिए । उनले भने, ‘हामीले सिम्रिकका हेलिकप्टरलाई शुक्रबारदेखि नै उडान भर्न नपाउनेगरी रोक लगाएका छौं । प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता नतिरेको र बैंक तथा वित्तीय संस्थाहरूमा तिर्नुपर्ने दायित्व निकै देखिएकाले उडानमा रोक लगाउन परेको हो ।’

भुलका अनुसार विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को व्यवस्थाअनुसार सिम्रिक एअरको सम्पूर्ण उडानहरू रोक लगाइएको हो । सिम्रिक एअरको अडिट गर्दा वित्तीय दायित्व अत्यधिक देखिएको छ । समयमा पाइलटहरूलाई तलब खुवाउन सक्ने समेत अवस्था छैन । यता विमानस्थल सेवा शुल्कबापतको ४६ लाख ४३ हजार ९ सय रुपैयाँ रकम बुझाउन बाँकी रहेको छ ।

बक्यौता तिर्न पटक–पटक ताकेता गरिएको उनले बताए । क्याप्टेन रोमश्वर थापा मालिक भएको सिम्रिक एअरका हाल चार वटा हेलिकप्टर रहेका छन् । एउटा सञ्चालनमा रहेको थियो भने अन्य तीन वटा ग्राउण्डेड रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर