डा. सुनील शर्मालाई पक्राउ गर्नुको कारण चैँ यस्तो रैछ….

काठमाडौं । ‘यत्रो सुन काण्ड भएको छ । गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा गरेर सरक्क बाटो सहज गर्नुको सट्टा संसद् अवरोधको बाटोमा लैजाने जिम्मा त सरकारले पनि लिनुपर्‍यो नि । दुई जनाले सरक्क राजीनामा गर्ने, अनुसन्धानको बाटोलाई सहज बनाइदिने, शक्तिशाली संयन्त्र गठन गर्ने । तर अहिले माओवादीका साथीहरू मानिरहनुभएको छैन । उहाँहरूले ढिलो–चाँडो मान्नुपर्छ । यो पक्ष–विपक्षको होइन, देशका नागरिकको कुरा हो । सरकारकै संयन्त्रबाट सुन बाहिरियो अनि म आफैँ अनुसन्धान गर्छु भनेर कसैले पत्याउँदैन नि ।’
उपरोक्त भनाइ नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माको हो । उनी हिजो बुधबार संसदपरिसरमा पत्रकारहरूसँग कुरा गर्दै थिए । यसअघि पनि उनले सुन तस्करीमा प्रतिनिधिसभाको बैठक तथा समितिको बैठकहरूमा सुन तस्करीसम्बन्धी गृहमन्त्री र अर्थमन्त्रीको चर्कोसँग राजीनामा माग्दै आएका थिए ।

एकपटक डा. शर्माले राजीनामा माग्दा अर्थमन्त्री डा. प्रकाशशरण महतको डा. शर्माले आफ्नो मेडिकल कलेजको बीमासम्बन्धी भुक्तानी नदिएकाले मेरो राजीनामा मागेका हुन् । बीमासम्बन्धी भुक्तानी मैले दिने होइन । यस्ता अवाञ्छित कुरा भएन भनी राजनीतिक सवाल उठाउनु राम्रो भएन भनी मैले आफ्नो नेतृत्ववर्गलाई जानकारी गराएको छु भन्ने प्रतिक्रिया यतिबेला सान्दर्भिक हुन आउँछ । भलै डा. शर्माले बीमासम्बन्धी आफ्नो कुनै भुक्तानी लिने इस्यु नभएर सुनकाण्ड राष्ट्र हितविपरीत भएकाले आफूले राजीनामाको माग गरेको बैलैमा प्रस्ट पारेका थिए । सुनकाण्डमा डा. शर्माको मन्त्रीद्वयको राजीनामा माग स्वयं प्रतिपक्षी एमालेका लागि पनि अपत्यारिलो थियो । तर सांसद डा. शर्माले प्रतिपक्षी दलभन्दा एक कदम अगाडि बढेर ठाडै राजीनामा मागेका थिए ।

ज्ञातब्य छ, डा. शर्मा विराटनगरस्थित एक मेडिकल कलेजका मालिक हुन् । कांग्रेसभित्रको राजीनीतिमा उनी डा. शेखर कोइराला खेमाका मानिन्छ । तर २०७३ सालमै सिआइबीले नक्कली प्रमाणपत्रविरुद्धको कारबाही अपरेशन क्वाक (Operation quack) चलाउँदा नै शर्माले नक्कली शैक्षिक प्रमाणपत्र लिएको प्रमाण भेटाएको थियो । तर पक्राउको सूचना चुहिएपछि उनी जापान गएका थिए । नेपालमा विकसित राजनीतिक घटनाक्रम र प्रहरीको नेतृत्व हेरफेर भएपछि शर्मा नेपाल फर्किएका थिए । त्यसपछि राजनीतिक संरक्षणका आडमा उनले आफूलाई पक्राउ गर्नबाट जोगाएका थिए । अहिले बल्ल सिआइबीले उनलाई पक्राउ गर्न सफल भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर