‘गदर २’ ले धमाकेदार ओपनिङ गर्ने प्रक्षेपण

काठमाडौं । ‘गदर’ रिलिजको २२ वर्षपछि सनी देओल यसको दोस्रो शृंखलामार्फत दर्शकलाई मनोरञ्जन दिन तम्तयार छन् । ‘गदर २’ शुक्रबार विश्वव्यापी रिलिज हुँदैछ । फिल्मको अग्रिम टिकट बिक्री निकै आक्रामक छ ।

अनिल शर्मा निर्देशित फिल्मको बुधबार साँझसम्म एक लाख ८० हजारभन्दा बढी टिकट बिक्री भइसकेको छ । यसबाट ‘गदर २’ ले धमाकेदार ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।

बुधबार साँझसम्म भारतका प्रमुख मल्टिप्लेक्समा शुक्रबारका लागि पीभीआरमा ५२ हजार २५०, आइनक्समा ४२ हजार ८००, सिनेपोलिसमा २८ हजार ३००, मिराजमा १७ हजार ५००, फ्लेमिङ्गोमा १५ हजार, वेभफर्ममा ८ हजार ५९४, चलचित्र समयमा ७ हजार ५६०, मुमी म्याक्समा ७ हजार, एमटुकेमा १ हजार ९४४ र सिटीप्राइडमा १ हजार ६६१ टिकट बिक्री भइसकेको छ ।

कुल मिलाएर रिलिजको पहिलो दिनसम्म शुक्रबारका लागि एक लाख ८२ हजार ६०९ वटा टिकट बिक्री भइसकेको छ । यसमा सिंगल थिएटरको टिकट समावेश नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘गदर २’ मा अमिषा पटेल र उत्कर्ष शर्माको पनि मुख्य भूमिका छ । शुक्रबार नै अक्षय कुमारको शीर्ष भूमिका रहेको ‘ओह माइ गड २’ पनि रिलिज हुँदैछ । फिल्मको अहिलेसम्म २५ हजार अग्रिम टिकट बिक्री भएको छ । दुवै फिल्म नेपालमा पनि शुक्रबार रिलिज हुँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर