उकालो लाग्यो शेयरबजार

काठमाडौं ।  शेयरबजार परिसूचक नेप्से आज बिहीबार पाँच दशमलव १३ अङ्कले बढेर दुई हजार ६६ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।

आज होटल, जलविद्युत्, लगानी, उत्पादन, म्युचल फन्ड, बीमा, अन्य र व्यापार समूहको शेयर बढेको छ । सबैभन्दा धेरै एसियन लघुवित्तको शेयर नौ प्रतिशत र सिंगटी हाइड्रोको शेयर साढे सात प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै हिमालयन लघुवित्तको शेयर साढे छ प्रतिशत र सुपर मादी हाइड्रो पावर कम्पनीको शेयर मूल्य झन्डै छ प्रतिशतले ओरालो लागेको छ ।

आज दुई सय ६९ वटा कम्पनीका ५५ लाख तीन हजार कित्ता शेयर किनबेच भएका छन् । ५७ हजार सात सय पटक भएका कारोबारबाट दुई अर्ब १५ करोड ६५ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । सबैभन्दा धेरै सोल्टी होटलको १६ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर