काठमाडौं महानगर प्रहरी र कपनका स्थानीयबीच झडप

काठमाडौं । काठमाडौं महानगर प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ । महानगरपालिका– ७ नम्बर वडाको कपनमा खहरे खोला मिचेको भन्दै आज बिहीबार घरटहरा भत्काउन जाने क्रममा स्थानीय र नगर प्रहरीबीच झडप भएको हो ।

बूढानीलकण्ठ नगरपालिका–१० नम्बर वडाको सिमानामा पर्ने साततले घर नजिकैको खोला मिचेर बनाएकाले डोजरसहित पुगेको महानगर नगर प्रहरीका डीएसपी मीनबहादुर थापाले बताए । स्थानीयले विरोध गरेपछि अहिले डोजर नचलाइएको बताइएको छ । बूढानीलकण्ठ नगरपालिकाका स्थानीयले भने वर्षाको समयमा डोजर आतङ्क गरेको भन्दै महानगरविरुद्ध नाराबाजी गरेका थिए ।

बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईका अनुसार काठमाण्डौ महानगर र बूढानीलकण्ठ नगरपालिकाको सिमानाबारे पहिलेदेखि नै केही विवाद थियो। दुवै पक्षका वडाध्यक्षहरूबीच समन्वय भइरहेका बेला एक्कासि महानगरपालिकाको डोजर पुगेको प्रवक्ता भट्टराईले बताए । तर महानगर प्रहरी बलका निरीक्षक ईश्वर वाग्लेले भने बूढानीलकण्ठका मेयरसँग समन्वय गरेर नै डोजर लगेको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर