इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको गोली हानी हत्या

काठमाडौं । इक्वेडरमा राष्ट्रपतिका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या गरिएको छ । राजधानी क्वेटोमा एक विद्यालयमा आयोजित चुनावी र्‍यालीमा सहभागी भएका फर्नान्डोमाथि आक्रमणकारीले गोली हानेका हुन् । घटनामा केही मानिस घाइते भएका छन् ।

राष्ट्रपतिको पहिलो चरणको चुनाव हुनुभन्दा १० दिनअघि उहाँको हत्या भएको हो । यही अगस्ट २० तारिखमा राष्ट्रपतिको पहिलो चरणको चुनाव हुँदैछ । राष्ट्रपतिको प्रतिस्पर्धामा रहेका ८ जनामध्ये फर्नान्डो एक थिए। वर्तमान राष्ट्रपति गुइलेर्मो लासोले आक्रमणकारीलाई जुनसुकै हालतमा पक्राउ गरी कानुनी कारबाहीमा ल्याउने बताए । उनले उच्च सुरक्षा अधिकारीको आपत्कालीन बैठक समेत बोलाएको सिएनएनले जनाएको छ । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर