मनसुनजन्य विपदमा २० जिल्लामा मानवीय क्षति

काठमाडौं । मनसुनजन्य विपदमा परेर अहिलेसम्म ४१ जनाले ज्यान गुमाएका छन् भने ३१ जना बेपत्ता छन् । गृह मन्त्रालयका अनुसार मनसुन भित्रिएदेखि अहिलेसम्म विपदबाट ५० जिल्ला प्रभावित भएका छन् । त्यसमध्ये २० जिल्लामा मानवीय क्षति भएको छ ।

विपदमा परेर एक सय ३० घरमा पूर्णरुपमा क्षति पुगको छ भने एक सय ९३ घरमा आंशिक क्षति पुगेको छ । मनसुन सुरु भएकै बेलामा पूर्वी पहाडी जिल्ला पाँचथर, सङ्खुवासभा, ताप्लेजुङलगायतमा ठूलो वर्षा भएको थियो । वर्षापछि आएको बाढी पहिरोमा परेर यी जिल्लामा धेरै जनधनको क्षति भएको थियोे ।

मनसुन सुरु भएपछि निश्चित क्षेत्रमा मात्रै पानी परेको थियो भने बेलाबेलामा खण्डे वर्षा भने भइरहेको थियो । तर गएको सोमबार र मङ्गलबार देशभर पानी पर्‍यो । मनसुन सुरु भएपछि पहिलोपटक एकसाथ देशभर वर्षा भएको हो  ।

मनसुन सक्रिय रहेकाले आज बिहीबार पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । उनका अनुसार आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकर दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । यसपाली गएको जेठ ३१ गते पूर्वी क्षेत्र हुँदै मनसुन नेपाल भित्रिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर