इटालीमा डुंगा दुर्घटना हुँदा ४१ आप्रवासीको मृत्यु

काठमाठौं । इटालीको लाम्पेडुसा टापुमा भएको जहाज दुर्घटनामा ४१ आप्रवासीको मृत्यु भएको छ।

दुर्घटनामा बचेका चार व्यक्तिको समूहले ट्युनिसियाको स्फ्याक्सबाट हिँडेको उनीहरुको डुङ्गा इटाली जाने बाटोमा डुबेको उद्धारकर्ताहरुलाई बताए ।

बीबीसीका अनुसार चार बाँचेकाहरू बुधबार लाम्पेडुसा आइपुगेका छन् । उनीहरु मूलरूपमा आइभरी कोस्ट र गिनीका बासिन्दा रहेका छन् ।

यो वर्ष अहिलेसम्म उत्तर अफ्रिकाबाट युरोप जाने क्रममा एक हजार ८०० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।

ट्युनिसियाका अधिकारीहरूका अनुसार लाम्पेडुसाबाट ८० माइल (१३० किलोमिटर) टाढा रहेको बन्दरगाह सहर स्फ्याक्स युरोपमा सुरक्षा र राम्रो जीवन खोज्ने आप्रवासीहरूका लागि लोकप्रिय प्रवेशद्वार हो।

हालैका दिनहरूमा इटालियन गस्ती डुङ्गा र परोपकारी समूहहरूले लाम्पेडुसा पुगेका थप दुई हजार मानिसलाई उद्धार गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर