पोर्चुगलका जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर

काठमाठौं । उच्च तापक्रमका कारण पोर्चुगलका जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ।

आगलागीबाट विगत ३ दिनमा हजारौं हेक्टर जंगल नष्ट भएको छ । दक्षिणी शहर ओडेमिरा नजिकको जंगलमा आगो लागेपछी आसपासको बस्तीका १४ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ८ सय बढी अग्नी नियन्त्रक र हेलिकप्टर परिचालन गरिए पनि आगो नियन्त्रणमा आएको छैन भने ९ जना अग्नी नियन्त्रक घाइते भएका छन् ।

पोर्चुगलमा हाल तापक्रम ४० डिग्री सेल्सियस पुगेको बताइएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर