कांग्रेस केन्द्रीय कार्यालयमा नाराबाजीपछि प्रहरी परिचालन

काठमाडौं । कांग्रेसको भ्रातृ संस्था नेविसंघलाई गत सोमबार पूर्णता दिइएपछि संस्थापन इतर समूह विरोधमा उत्रिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले गत सोमबार ७१० सदस्यीय कार्यसमिति मनोनीत गरेपछि आज असन्तुष्ट पक्षले मुख्यालय सानेपामा समानान्तर समिति गठनका लागि विद्यार्थी भेला गरेपछि दुई समूह नाराबाजीमा उत्रिएका हुन्।

दुजाङ शेर्पा नेतृत्वको नेविसंघ संस्थापन पक्ष र नेविसंघ असन्तुष्ट पक्षबीच सानेपामा भइरहेको नाराबाजी कुटाकुटमा परिणत हुने डरले प्रहरी परिचालन गरिएको छ। कांग्रेस कार्यालय सानेपामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर