म्यानचेस्टर युनाईटेड र सेभियाले बराबरी खेले

काठमाडौं । युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाईटेड र सेभियाले बराबरी खेलेका छन्।

बिहीबार राति भएको खेलमा युनाईटेड र सेभियाले २-२ गोलको बराबरी खेलेको हो ।

दोस्रो हाफमा दुई आत्मघाती गोल व्यहोरेपछि युनाईटेडले बराबरी खेल्नु परेको हो ।

खेलको १४ औं मिनेटमा मार्सल सबिट्जरले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

२१ औं मिनेटमा सबिट्जरले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई -० को अग्रता दिलाए ।

तर, खेलको ८४ औं मिनेटमा युनाईटेडका ट्रेल मालासियाले आत्मघाती गोल गरेपछि खेल २-१ को स्थितिमा आयो ।

त्यसपछि खेलको इन्जुरी समयमा युनाईटेडका ह्यारी मग्वाएरले आत्मघाती गोल गरेपछि खेल २-२ गोलको बराबरीमा सकिएको हो ।

अब दुई टोलीबीचको दोस्रो लेग अप्रिल २१ मा हुनेछ । जुन खेल सेभियाको मैदानमा हुनेछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर