प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूको नाराबाजीपछि बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा पनि नेकपा एमालेले नारावाजी गदैृ अवरुद्ध गरेका छन् । एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनको एक सूत्रीय माग राख्दै एमालेले लगातार बैठकमा अवरोध सिर्जना गर्दै आएको छ ।

आजको बैठक सुरु हुनेबित्तिकै सभमु देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्ने समय दिएको थियो तर सत्तापक्षका सांसदहरुले पनि बोल्न समय माग गर्दा होहल्ला हुन पुग्यो । सभामुखले एमाले सांसद थापालाई समय सकियो भनेपछि एमाले सांसदहरुले वेलमा आएर नाराबाजी गरेका हुन् । सभामुख घिमिरेले साउन २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर