नेपाल टेलिकमको १० लाख रुपैयाँको रिचार्ज कार्ड हरायो

काठमाडौं । नेपाल टेलिकमको ५० रुपैयाँ दरका झण्डै १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ । ‘नमस्ते ब्राण्डको रिचार्ज कार्ड’ ढुवानीका क्रममा हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहल काठमाण्डौले जनाएको छ ।

निर्देशनालयले आज सार्वजनिक सूचना निकालेर सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएको जनाएको छ ।ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि निर्देशनालयले अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर