बुधबारका लागि विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैयैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ २३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८३ पैसा पुगेको छ ।

आज युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ८४ पैसा र बिक्रीमा १४५ रूपैयाँ ५० पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ०२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४१ पैसा कायम गरिएको छ ।

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४५ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०० पैसा र बिक्रीदर ३६ रूपैयाँ १६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ८६ पैसा र बिक्रीदर २८ रूपैयाँ ९९ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ६९ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ६४ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ७७ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ३७ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर