क्वाटरफाइनलको पहिलो लेगमा युभेन्ट्सको जित

काठमाडौं । युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा युभेन्ट्सले जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा युभेन्ट्सले स्पोर्टिङ सिपिलाई १-० गोल अन्तरले हराएको हो ।

युभेन्ट्सको जितमा फेडेरिको गाट्टीले निर्णायक गोल गरे ।

गाट्टीले खेलको ७३ औं मिनेटमा गोल गरेका थिए ।

अब दुई टोलीबीचको दोस्रो लेग अप्रिल २१ मा हुनेछ ।

युरोपा लिगकै अर्को खेलमा फियेनुर्डले रोमालाई १-० ले हराएको छ ।

बायर लिभरकुसेन र युनियनले १-१ गोलको बराबरी खेलेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर