विश्वकपको लागि अष्ट्रेलियाको प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । अष्ट्रेलियाले यस वर्ष भारतमा हुने आइसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपका लागि १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

लेग स्पिनर तनवीर सांघा र अलराउण्डर आरोन हार्डीलाई पहिलो पटक टोलीमा राख्दै अष्ट्रेलियाले प्रारम्भिक टोली घोषणा गरेको हो ।

अष्ट्रेलियाका लागि टेस्ट क्रिकेटका स्टार मार्नस लाबुशेन भने अष्ट्रेलियाको विश्वकप टोलीमा नरहने भएका छन् ।

भारत र दक्षिण अफ्रिकासँगको एकदिवसीय सिरिज पछि अष्ट्रेलियाको अन्तिम टोलीको घोषणा हुने छ ।

अष्ट्रेलियाको प्रारम्भिक टोली 

प्याट कमिन्स (कप्तान), सन एबोट, एस्टन एगर, एलेक्स केरी, नाथन एलिस, क्यामरुन ग्रीन, आरोन हार्डी, जोश हेजलवुड, ट्रेभिस हेड, जोश इग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, तनवीर सांघा, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर र एडम जाम्पा

एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर