मिनी बस दुर्घटना हुँदा २४ जनाको मृत्यु

काठमाडौं । मोरोक्कोमा मिनी बस दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ ।

मोरोक्कोको डेमनेट शहरमा गुडिरहेको मिनीबस अनियन्त्रित भई सडकमा पल्टिंदा २४ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश बृद्धबृद्धा रहेका छन् भने घाइतेहरुको अवस्था समान्य रहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार दुर्घटनाका कारण मिनीबस क्षतबिक्षत भएको छ । दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उचित राहत दिने घोषणा गरिएको छ । सडक संरचना कमजोर भएका कारण मोरोक्कोमा पटक पटक सडक दुर्घटना हुने गरेको छ ।

यसअघि गत मार्च महिनामा भएको मिनीबस दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो ।एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर