यस्तो छ आजको राजमार्ग र सडकको अवस्था

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका छन् । तर, पहिरोको जोखिम भने रहेकाले यात्रा गर्दा सावधानी अपनाउन प्रहरीको अनुरोध छ । यस्तै, आज तीन वटा सडक भने बाढी पहिरोका कारण बन्द छन् । अरनिको राजमार्ग अन्तर्गत खाडीचौर कोदारी सडक बन्द छ ।

यस्तै, तानसेन रिडी–कोरला र तमोर करिडोर पनि बन्द रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार अहिले २६ वटा सडक भने एकतर्फी सञ्चालन भइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर