सर्रेलाई हराउदै दीपेन्द्रको टाईगर्स च्याम्पियन

काठमाडौं । नेपाली क्रिकेट टोेलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाइगर्सले ग्लोबल टी-ट्वान्टी क्यानडा २०२३ को उपाधी जितेको छ ।

सोमबार बिहान सम्पन्न फाइनलमा नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्सलाई पाँच विकेटले हराउँदै टाईगर्सले उपाधि जितेको हो ।

सर्रेले दिएको १ सय ३१ रनको लक्ष्य टाइगर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

टाइगर्सलाई अन्तिम ओभरमा जितका लागि १३ रन चाहिँएको थियो ।

अन्तिम बलमा दुई रन चाहिँदा आन्द्रे रसेलले छक्का हान्दै खेल जिताएका थिए ।

शेर्फान रदरफोर्ड २९ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा अविजित रहे । क्रिस लिन ३५ बलमा ३१ र दीलप्रित सिंह १४ रनमा आउट भए ।

आन्द्रे रसेल ६ बलमा १ चौका र २ छक्कासहित २० रनमा अविजित रहे । दीपेन्द्रले १७ बलमा १ चौकासहित १६ रनमा रिटायर्ट हर्ट आउट भएका थिए ।

सन्दीपले ३ ओभरमा २० रन खर्चिदा विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सर्रेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो ।

सर्रेका ओपनर जतिन्दर सिंहले ५७ बलमा ३ चौकासहित सर्वाधिक ५६ रनमा अविजित रहेपनि त्यो उपाधि जित्न पर्याप्त थिएन ।

आयन खानले १५ बलमा २ छक्कासहित २६ रन बनाएका थिए ।

टाइगर्सका आयन खानले २ तथा कार्लोस ब्रेथवेट, अब्बास अफ्रिदी र आन्द्रे रसेलले समान १/१ विकेट लिएका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर