घट्यो सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । आइतबारको तुलनामा सोमबार सुन एक सय रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज सोमबार १ सयले घटेर एक लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज पनि स्थिर रहेर प्रतितोला १ हजार ४२५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी लगातार तीन दिनदेखि स्थिर रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर