ललिता निवाससम्बन्धी सर्वोच्चको आदेशबारे माधवकुमार नेपाल जानकार

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल स्विट्जल्याण्ड प्रस्थान गरेका छन् । प्रवासी नेपाली एकता मन्च युरोपद्वारा स्विट्जरल्याण्डलगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्वनिर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुनका लागि टर्किस एअरको विमानद्वारा आज विहान ७ः३० बजे इस्तानवुल हॅुदै जेनेभा प्रस्थान गरेका हुन ।

सर्वोच्च अदालतबाट हिजो भएको फैसलाका सन्दर्भमा उहाँ जानकार रहेको उनको नीजि सचिवालयले जानकारी दिएको छ । ‘सबै प्रकारका भ्रष्टाचार एवम् अनियमितताको निष्पक्ष छानविन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा शुसासन कायम गर्नुपर्छ’ भन्ने कुरामा उहाँको दृढ मान्यता रहेको सचिवालयले जनाएको छ। उनी भदौ १ गते स्वदेश फर्कने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर