संसद खुलाउन माओवादीले पहल गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफ्नो भूमिका वृद्धि गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । सिंहदरबारमा सोमबार बसेको पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले अवरुद्ध संसद खुलाउनका लागि प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलहरुसँग छलफल गर्ने पनि बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसदहरुलाई सुशासन, समृद्धि र सामाजिक न्यायसहितको रूपान्तरणका लागि संसदमा माओवादी केन्द्रको भूमिकालाई बढाउनुपर्ने प्रधानमन्त्री प्रचण्डको निर्देशन रहेको जानकारी गराए । प्रधानमन्त्रीले सभामुखसँग दलको शीर्ष नेताको बैठकपछिको विकसित घटनाक्रमहरुको बारेमा सांसदहरुलाई आवश्यक जानकारी गराइने पनि बताएको जानकारी उनले दिए ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सङ्घीय शिक्षा ऐन, सङ्घीय निजामती कर्मचारी ऐन र प्रहरी समायोजन ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको कुरा बताउनुभएको पाण्डेले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर