माओवादी पार्टी पदाधिकारीहरुको जिम्मेवारी हेरफेर

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ। आइतबार केन्द्रीय समितिको बैठकअघि बालुवाटारमा बसेको पदाधिकारी बैठकमार्फत् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जिम्मेवारी हेरफेर गरेका हुन्। नयाँ जिम्मेवारी अनुसार उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ। यस्तै उपमहासचिव वर्षमान पुनले विशेष प्रदेशको जिम्मेवारी पाएका छन्।
यस्तै देवेन्द्र पौडेललाई मधेश प्रदेश इन्चार्ज र कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी चन्द्रप्रकाश खनाल बलदेवलाई दिइएको छ। सुदुरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी भने डिलाराम आचार्यले पाएका छन्।

यसअघि कोशी प्रदेशमा राम कार्की, मधेश प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालिबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर