दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्यान्ड क्वाटरफाइनलमा

काठमाडौं । पछिल्लो विश्वकपको उप–विजेता नेदरल्यान्ड्सले यसपल्टको संस्करणमा पनि क्वाटरफाइनल यात्रा तय गरेको छ ।

वुमेन्स वर्ल्डकप २०२३ मा डच टिमले दक्षिण अफ्रिकालाई सजिलै २–० ले हराएको हो ।

सिड्नी फुटबल स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सका लागि जिल रुडले नवौं मिनेटमा पहिलो गोल गर्दै सुरुआती अग्रता दिलाइन् । त्यसपछि खेलको ६८ औं मिनेटमा लिन्थ बियन्सटेनले दोस्रो गोल थप्न सफल रहिन् ।

नेदरल्यान्डका दुई प्रहारले पोस्टको दिशा लिए पनि त्यसले मान्यता पाएन ।

अब क्वाटरफाइनलमा नेदरल्यान्ड्सले अर्को बलियो टिम स्पेनको सामना गर्नेछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर