अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ नदिन शान्ति समाजको आग्रह

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउनेलगायत विषयमा सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको छ । सिंहदरबारस्थित सभामुखको बिहीबार कार्यकक्षमा सभामुख घिमिरेलाई भेटेर समाजको प्रतिनिधिमण्डलले ध्यानाकर्षण एवं ज्ञापनपत्र बुझाएको हो ।

संसदमा प्रस्तुत संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित हुने गरी पारित गर्नुपर्नेमा ज्ञापनपत्रमा उल्लेख गरिएको छ । यस्तै, माओवादी युद्ध सुरु भएको दिनलाई ‘जनयुद्ध दिवस भनी राष्ट्रिय दिवसका रूपमा मनाउने सरकारी निर्णय तत्काल खारेज गर्नुपर्ने पनि ज्ञापनपत्रमा उल्लेख छ ।

अनमिनद्वारा अयोग्य घोषित चार हजार आठ माओवादी लडाकुलाई जनही दुई लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराउने निर्णय तत्काल खारेज गर्नुपर्ने पनि माग गदैृ शान्ति समाजले दण्डहीनताको अन्त्यका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई नेपालले तत्काल अनुमोदन गर्नुपर्नेलगायत विषयमा सभामुखको ध्यानाकर्षण गराइएको समाजले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर