भक्तपुरमा सांस्कृतिक सम्पदा पदयात्रा ( फोटो फिचर )

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा आज ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा आयोजना गरेकाे छ ।
ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरूबारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले सांस्कृतिक सम्पदा पदयात्रा गरेकाे हाे ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले संयुक्त रुपमा रिबन काटेर पदयात्राकाे उद्घाटन गरेका थिए । नगर प्रमुख प्रजापति र उपप्रमुख जोशीको नेतृत्वमा भनपा वडा नं ९ को लामगः पुखुबाट सुरु भएको सांस्कृतिक पदयात्रा नगाँचा – ग्वंग पुखु – क्वाठडौँ पुखु – तिनाछें – सलां गणेश पुखु – बसिकुलां नाग पुखु – दुगुमला – भोलाछें पुखु – अंचा पुखु – ब्यासी पुखु – ख्यो पुखु -धवाहिटी पुखु – कालदह पुखु – नः पुखु – तः पुखु – सिद्ध पोखरी- हुँदै न्हु पुखु -रानी पोखरी सम्मकाे पदयात्रा गरिएकाे थियाे ।
सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ठाउँ–ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरूसमेत राखिएको थियाे ।