गौर हत्याकाण्ड: गृह सचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । गौर हत्याकाण्डका पीडितले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

गौर हत्याकाण्डका पीडित संघर्ष समितिको टोली न्यायको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटे गरेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले छिट्टै सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति गर्ने प्रतिबद्धता जनाएका छन् ।

१७ वर्षअघि रौतहटको राइस मिलमा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबीच भएको झडपमा माओवादीका २७ जना नेता तथा कार्यकर्ताको निधन भएको थियो । निधन भएका परिवारले न्यायको माग गर्दै आन्दोलन गर्दै आएका छन् । उनीहरूले धर्ना र प्रदर्शनलगायतका आन्दोलनका कार्यक्रम गरीरहेका छन् ।

पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले शनिबार छलफल गरेका हुन् ।

छलफलपछि प्रधानमन्त्री प्रचण्डले आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए । आफूहरुको माग सम्बोधन भएपछि मात्र आन्दोलन स्थगित गर्ने कुरा प्रधानमन्त्री प्रचण्डलाई उनीहरुले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर