विश्वकीर्तिमानी पर्वतारोहीलाई स्वागत

काठमाडौं . तीन महिनामा १४ हिमाल आरोहण गरी विश्वकीर्तिमान कायम गरेका दुई जना पर्वतारोहीलाई स्वागत गरिएको छ ।

नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) लाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो ।

उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले स्वागत गरेकी थिइन् ।

उनले खादा र माला लगाइदिएर दुई कीर्तिमानी आरोहीलाई स्वागत गरिन् । राज्यमन्त्री सिर्पालीसँगै पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ लगायतका विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्था एवम् आरोहीहरूको विमानस्थलमा उपस्थिति थियो ।

उनीहरूको स्वागतमा बाजागाजा समेत बजाइएको थियो ।

उनीहरुले सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका छन् ।

यसअघि यो रेकर्ड निर्मल पुर्जा मगरको नाममा थियो । उनले ६ महिना ६ दिन लगाएर विश्वका १४ अग्ला हिमालको सफल आरोहण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर