लामिछाने आबद्ध सर्रे जगुआर्स फाइनलमा प्रवेश

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्स ग्लोबल टी-ट्वान्टी क्यानडा २०२३ को फाइनलमा प्रवेश गरेको छ ।

पहिलो क्वालिफायरमा भैंकूवर नाइट्सलाई ३८ रनले हराउँदै सर्रेले फाइनलमा स्थान पक्का गरेको हो ।

सर्रेले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको नाइट्स १६ दशमलब ४ ओभरमा १ सय १ रनमा अलआउट भयो ।

नाइट्सका लागि फबिएन एलेनले २० बलमा २ चौका र २ छक्कासहित २७ रनको बनाएका थिए ।

सर्रेका लागि तीव्र गतिका बलर म्याथ्यु फोर्डले ४ तथा सन्दीप लामिछानेले १ विकेट लिए । सन्दीपले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सर्रेले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो ।

सर्रेका लागि कप्तान इफ्तिखर अहमदले २८ बलमा २ चौका र २ छक्कासहित ३६ रनको बनाएका थिए । ब्याटिङ तर्फ अवसर पाएका सन्दीपले ६ बलमा ४ रन बनाएका थिए ।

दोस्रो क्वालिफायरमा नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्ट्रियल टाइगर्स र भैंकूवर नाइट्सबीच शनिबार राती प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले उपाधिको लागि सर्रेसँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर