अर्बपति ज्याक मा कृषि उद्यममा लागे
काठमाडौं । चिनियाँ अर्बपति ज्याक मा कृषि उद्यममा लागेका छन् ।
विश्वकै ठूला इकमर्स मध्येको एक अलीबाबा ग्रुप होल्डिङका संस्थापक एवं पूर्व अध्यक्ष ज्याक कृषि उद्यमतर्फ लागेका हुन् ।
चीनको झेजियाङ प्रान्तको राजधानी हाङ्झाउमा हालै स्थापित १ दशमलव ८ मिटर मरिन टेक्नोलोजी नामक कृषि स्टार्टअपमा ज्याक पनि संलग्न रहको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।
जुलाई २० मा दर्ता भएको स्टार्टअपको चुक्ता पूँजी १ करोड ५० लाख अमेरिकी डलर रहेको बताइएको छ । यो व्यवसायले जलीय उत्पादन, खाने र प्रशोधनको कामलाई समेटेको छ । यो व्यवसायमा हङकङमा रहेको १ दशमलव ८ मिटर टेक्नोलोजी होल्डिङ लिमिटेडको ८० प्रतिशत हिस्सा छ ।
यसको दोस्रो ठूलो १० प्रतिशत हिस्सा आट्र्स एन्ड कल्चर कम्पनी लिमिटेड रहेको छ । जसको स्थापना ज्याक ले गरेका हुन् । एजेन्सी