चेल्सीमा फ्रान्सेली डिफेन्डर

काठमाडौं । चेल्सीले फ्रान्सेली डिफेन्डर एक्सल डिसासीलाई अनुबन्धन गरेको छ । लण्डन क्लबले फ्रान्सेली क्लब मोनाकोबाट ४५ मिलियन युरोमा ६ वर्षका लागि डिसासीलाई अनुबन्धन गरेको हो ।

वेस्ले फोफानालाई गम्भिर चोट लागेपछि २५ वर्षका डिसासीलाई चेल्सीले अनुबन्धनका लागि प्रक्रिया अघि बढाएको थियो ।

डिसासीले गत सिजन लिग वान क्लब मोनाकोबाट सबै ३८ म्याच खेलेका छन् ।

‘म एउटा महान परिवारको सदस्य बन्न पाउँदा ज्यादै खुसी छु ।’ डिसासीले भनेका छन् ।

‘म यहाँ धेरै ठुला चिज हासिल गर्न आएको हुँ । धेरै उपाधि जित्न । ती सबै उपलब्धि हासिल गर्न म सबै चिज गर्नेछु । म धेरै महत्वकाक्षी समेत छु ।’ उनले भनेका छन् ।

चेल्सीले फ्रान्सेली गोलकिपर रोबर्ट सान्चेजलाई भर्खरै अनुबन्धन गरेको छ । स्पेनिस सहकर्मी मोइजेस कौसेडोलाई धेरै प्रस्ताव लैजादा समेत असफल बनेपछि चेल्सीले स्पेनकै गोलकिपर सान्चेजलाई अनुबन्धन गरेको हो ।

डिसासीले फ्रान्सका लागि चार म्याच खेलेका छन् । सन् २०२२ को विश्वकपको फाइनलमा बैकल्पिक खेलाडीको रुपमा उनी मैदान छिरेका थिए ।

उनी सन् २०२० मा मोनाको गएपछि १ सय २९ खेलमा सहभागीता जनाएका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर