लौ सुन्नुस् त्रिविका प्राध्यापकहरूको चर्तिकला उपकुलपतिको मुखबाट…..।

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले त्रिविका प्राध्यापकहरुले पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरुले बोकेर हिँडेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको शुक्रबार बसेको बैठकमा उपकुलपति बास्कोटा मेसिन बोकेर हिँड्नेहरुलाई कारबाही गर्न दिएको निवेदन प्रहरीले समेत बुझ्न नमानेको गुनासो समेत गरे ।

उपकुलपति बास्कोटाले भने, ‘‘हाम्रा त शिक्षकहरु पनि यस्ता भएकी २२ गते पुगेपछि एकाउन्टेन्टले पनि हाजिर गर्न आउनुस् भन्ने चलन । आएर हाजिर ग¥यो, तलब बुझ्ने चलन । यसलाई निरुत्साहित गर्न डिजिटल हाजिरी राखिदिएको शिक्षकहरुले बोकेर हिँडि दे । पुलिसलाई ल कारबाही गर भन्दाखेरी पुलिसले निवेदन नलिने । यो माननीयहरुले जान्नुपर्छ मेरो अफिस बन्द थियो । मैले होटल एलो प्यागोडा, मेरो मित्रवत् सम्बन्ध भएकाले पैसा नलिने, हामीलाई चिया पनि सित्तैमा खुवाउने त्यो ठाउँमा मिटिङ गरेको केही अराजक जत्था कुनै सङ्गठनको आवरणमा आएर हामीहरुको माइन्युट लुटेर लगेकै हो ।’’

उपकुलपति बास्कोटाले उनीहरुलाई कारबाहीका लागि काठमाडौंको कुनै एक होटलमा आफूले गरेको मिटिङको माइन्युट समेत पार्टी सङ्गठनको आवरणमा केही मानिसहरुले लुटेर लगेको र यो विषय तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले बुझ्नुभएको तर केही नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । उनले विश्वविद्यालय राजनीतिक भागवन्डाको थलो भएकाले यसको सुधारमा लागि आफ्नो एक्लैको प्रयासले सम्भव नहुने पनि उल्लेख गरे ।

उपकुलपति बास्कोटाले त्रिविका कतिपय विषयका विद्यार्थीभन्दा शिक्षक बढी भएको स्वीकार गर्दै अब उनीहरुलाई आवश्यक्ताको आधारमा अध्यापन कार्यमा खटाउने गरी विद्युतीय प्रणालीको व्यवस्था गरिएको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर