पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरे
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
शुक्रबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
ज्ञानेन्द्रले सन् २००६ मै चार दिवसीय प्रतियोगिता आइसीसी इन्टरकन्टिनेन्टल कपमा नामिबियाविरुद्ध खेलेर राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।
मल्ल सन् २००५ मा यू–१५ टोलीको सदस्य रहेका थिए ।
यसै समयमा उनी क्रमस यू–१७ र यू–१९ टोलीमा परेका थिए । ज्ञानेन्द्रले सन् २००६ मा खेलेका थिए ।
ज्ञानेन्द्रले ३५ एकदिवसीय खेलमा ८५६ रन बनाएका छन् । त्यस्तै ४५ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा ८८३ रन बनाएका छन् । उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा शतक बनाएका छन् ।
प्रतिक्रिया