भारतमाथि वेस्ट इन्डिजको जित

काठमाडौं । घरेलु टोली वेस्टइन्डिजले पहिलो टी-ट्वान्टीमा भारतमाथि रोमान्चक जित हात पारेको छ ।

ब्रायन लारा क्रिकेट स्टेडियममा बिहीबार राती सम्पन्न खेलमा घरेलु टोलीले चार रनको रोमान्चक जित दर्ता गरेको हो । जितसँगै घरेलु टोलीले पाँच खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

घरेलु टोलीले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन मात्र बनाउन सक्यो ।

भारतका लागि डेब्यू खेल खेलेका तिलक बर्माले २२ बलमा २ चौका र ३ छक्कासहित ३९ रन बनाए । सूर्यकुमार यादव २१ बलमा २ चौका र १ छक्कासहित २१ रनमा पेभेलिएन फर्केका थिए ।

कप्तान हार्दिक पान्ड्या १९ बलमा ३ चौका सहित १९ रन बनाउँदै आउट भए ।

वेस्टइन्डिजका लागि रोमारियो शेफर्ड, जेसन होल्डर र ओबेद म्याककोयले समान २/२ विकेट लिए । अकिल हुसैनले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो ।

वेस्टइन्डिजका कप्तान रोभम्यान पावेलले ३२ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४८ रनको योगदान दिए । निकोलस पुरन ३४ बलमा २ चौका र २ छक्कासहित ४१ रनमा क्याच आउट भए ।

ओपनर ब्रेन्डन किंग १९ बलमा ४ चौका र १ छक्काको सहयोगमा २८ रनमा आउट भए । शिम्रन हेटमायर १२ बलमा १ चौकासहित १० रनमा आउट भए ।

भारतका लागि युजभेन्द्र चहल र अर्शदीप सिंहले समान २/२ तथा हार्दिक पान्ड्या र कुलदीप यादवले समान १/१ विकेट लिए ।

दोस्रो टी-ट्वान्टी आई खेल आगामी आइतबार हुनेछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर