चार जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

काठमाडौं । आत्महत्या दुरुत्साहन आरोपमा महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेल मृत्यु घटनामा चार जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ। प्रहरी वृत्त महाराजगञ्जले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा चार जनाविरुद्ध मुद्दा दायर गरेको हो।

आत्महत्या दुरुत्साहनको आरोपमा मनमोहन कार्डियोका प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्तविरुद्ध मुद्दा दायर गरिएको हो। अहिले मुद्दा दायर भएको चारै जनालाई प्रहरी वृत्त महाराजगञ्जले गत असार २९ गते पक्राउ गरेर अनुसन्धान गरेको थियो।

उक्त अस्पतालमै फार्मेसी अधिकृत पोखरेल मृत भेटिएका थिए। अर्घाखाँचीको शीतगंगा नगरपालिका घर भएका पोखरेल कपडाको पास लगाई झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।

अनुसन्धानमा खटिएको प्रहरी टोलीले सुसाइड नोट समेत फेला पारेको थियो। सुसाइड नोटमा समेत उनले आफूमाथि छानबिन भएका विषयहरु उल्लेख गरेका थिए। उनले आफूलाई फसाएर केही व्यक्तिहरु उम्कन खोजेको पनि सुसाइड नोटमा लेखेका थिए। सुसाइड नोटमा लेखेका थिए, ‘मलाई फसाएर उम्कन खोज्ने तिमीहरुको जय होस्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर